ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण देखिएन

International

Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

राष्ट्रपति ट्रम्पले कोरोना सङ्क्रमित रहेका व्यक्ति संलग्न केही कार्यक्रममा सहभागी भएका कारण उनीमाथि पनि कोरोना सङ्क्रमण भएको आशंका गरिएको थियो।

खासगरी कोरोना सङ्क्रमित ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो र उहाँको प्रतिनिधिमण्डलका सदस्यहरुको अमेरिकाको फ्लोरिडा भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता भएपछि यस्तो शंका गरिएको थियो।

राष्ट्रपतिको स्वास्थ्य परीक्षणमा संलग्न फिजिसियन सिन कोन्लीले राष्ट्रपति ट्रम्पले स्वास्थ्य परीक्षण गर्न स्वीकार्नु भएको र रिपोर्टमा कोरोना सङ्क्रमण नदेखिएको बताए।

संयुक्तराज्य अमेरिकामा कोराना सङ्क्रमणबाट कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति ट्रम्पले स्वास्थ्य आपतकाल घोषणा गरेका छन्। देशभरका स्कुल र कलेजहरु बन्द गर्नुका साथै लाखौं मानिसलाई घरबाटै काम गर्न भनिएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाको प्रसार तिब्र भएलगत्तै आपतकालको घोषणा गर्नुका साथै विपद राहतका लागि ४० अर्ब अमेरिकी डलरको राहत घोषणा गरेका छन्।