Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

काठमाडौं, २ चैत । आइतबार उद्योग,वाणिज्य आपूर्ति मन्त्रालय उपभोक्ता संरक्षण विभागले विश्व उपभोक्त दिवस मनाएको छ । उपभोक्ता अधिकार, उत्पादनमा गुणस्तरियता, आपूर्तिमा सहजता र उपभोगमा विवेकशीलता भन्ने नाराका साथ दिवस मनाइएको हो ।
उपभोक्ताको अधिकारको पक्षमा आम उपभोक्ताले सरकालाई सघाउनु पर्ने सरकारले आग्रह गरेको छ । विपदको समयमा बजारमा हुने कलोबजारी र कृत्रिम अभावको विषयमा उपभोक्त आफै अनुगमनकर्ता बन्ने परिपाटीको विकास हुनुपर्ने सरकारी आग्रह छ ।
सरकारले दिएको सूचनाको आधारमा विभागले ऐन नियम अनुसार कारवाही गर्ने बताएको छ। आम नागरिकले आफ्नो अधिकारको संरक्षण गर्न जिम्मेवारीबोध गर्दै अधिकारको प्रयोग गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आग्रह गर्नुभएको छ ।
बजार अनुगमन, बजार निरीक्षण र उपभोक्ता हक हित संरक्षण गर्ने कुरा सरकारले मात्रै गर्न नसक्ने सरोकारवालाले बताएका छन् ।सरकारी क्षेत्रमा काम गर्ने व्यक्तिहरुपनि उपभोक्ता नै भएकाले सबैको सहकार्यमा अधिकारको पूर्ण कार्यान्वयन गर्न सकिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताउनु भयो।
तर, उपभोक्ता अधिकारकर्मीहरुले विद्यमान उपभोक्त हितका नाउमा स्थापित संरचनाको खारेज हुनु पर्ने सुझाएका छन् । उपभोक्ताको हितमा काम गर्न नसकेको स्थानीय तहहरुमा गठन भएका समितिहरुले अनुगमनलाई चासो नै नदिएको भन्दै अधिकारकर्मीहरुले खारेजीको माग गरेका हुन् ।स्थानीय तहका संरचनाहरुलाई दिइएको अधिकारप्रति जिम्मेवार बनाउनुपर्ने उल्लेख गर्दै उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले जिम्मेवारीबोध गराउन नसके अधिकार खोस्नुपर्ने बताउनुभयो ।
संयुक्त राष्ट्र संघबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बम्मोजिम वस्तु वा सेवा उपभोग गर्ने प्रत्येक उपभोक्तालाइ विभिन्न अधिकार प्रत्याभुति गरिएको छ । उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपुर्ति,आधारभुत आवश्यकता पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अवस्था छ ।