Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

धूमपान छोड्नुस : विशेषज्ञहरु भन्छन्, धूमपानले पुरुषको प्रजनन क्षमतामा ह्रास मात्रै ल्याउने होइनकि बीर्य उत्पादनमा समेत कमी ल्याउछ । विशेषज्ञहरुले उत्पादन भईहालेपनि बीर्यको गुणस्तरमा समेत ह्रास ल्याउने बताउछन् । त्यसैले धूमपान छोडनु राम्रो हुन्छ । त्यसो त धूमपान गर्छ उसले मुटुको रक्तनलिमा अवरोध उत्पन्न भई रगत प्रभाहमा कमी हुनजान्छ फलस्वरुप व्लडप्रेसर आफसेआफ बढछ् । त्यसको असर यौनजीवन र प्रजनन् कार्यमा समेत देखिन्छ ।
नियमित व्यायम गर्नुस : नियमित व्यायम गर्ने व्यक्तिको मोटोपनाको साथै तनाव समेत घटछ् । जसले शरीर स्वस्थ र फुर्तिलो हुन्छ । जो स्वस्थ र फुर्तिलो हुन्छ उसको शुक्राणु अर्थात बीर्य उत्पादनमा समेत सकारात्मक प्रभाव पर्छ । अर्थात शुक्रकिटको परिमाण र गुणस्तर समेत उत्तिकै राम्रो हुन्छ । तर याद गर्नुस निकै कडाखालको व्यायम भने गर्नु हुँदैन् ।
तौल नियन्त्रण गर्नुस : शरीर न मोटो न दुव्लो हुनु अर्थात ठिक्कको हुनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । अर्थात उचाई अनुसार तौल व्यवस्थापन गर्नुस् । किनकी मोटो व्यक्ति अर्थात बढी तौलले एस्ट्रोजन तथा टेस्टोस्टेरोनको स्तरमा प्रभाव पार्छ । जसको असर तपाईँको यौनजीवनमा पर्छ ।
स्टीमबाथ कम गर्नुस् : हप्तामा एक दिन सौनावाथ अर्थात तातोपानीमा वा बाफ लिएर नुहाउनु ठिक हो तर ४० डिग्री सेल्सीयस वा त्यो भन्दा बढी तातो पानी वा सौनामा नुवाउने वा बस्ने गर्नुहुन्छ भने तपाईँको शुक्राणु( अण्डा)हरुमा क्षति पुग्छ ।
मोवाइल धेरैबेर पकेटमा नराख्नुस् : मोवाइल वा ल्यापटम धेरैबेरसम्म आफ्नो खल्ती वा जाँघमा राख्नुहुँदेन । यसमा आउने विकिरणको सिधा असर पुरुषको अण्डकोष वा शुक्राणु उत्पादन गर्ने ग्रन्थीलाई गर्छ । उत्पादित शुक्रकिटमा क्षति पुरयाउछ ।
टाइट अन्डरवेर नलाउनुस् :
यदि तपाईँको अन्डरवेर वा पाइन्ट टाइट छ भने अण्डकोषको ग्रन्थीले प्रयाप्त शुक्रकिट उत्पादन गर्न सक्दैन् । तपाईँलाई यदि लामोसमयसम्म बसि रहनुपर्छ भने टाइट अण्डरवेर वा पाइन्ट नलगाएको राम्रो ।
अत्यधिक लुब्रिकेन्टस्को उपयोग रोक्नुस् : अत्यधिक लुब्रिकेन्टस्को प्रयोगले शुक्राणुहरुको मृत्यु हुन्छ । त्यसले यसको प्रयोग सकेसम्म नगर्नु वा गर्नैपरे कम गर्नु राम्रो हुन्छ ।
कफि कम पिउनुस् : दैनिक एक दुई कप कफी पिउनुले खासै नराम्रो हुँदैन् । तर यदि तपाईँ त्यो भन्दा बढी पिउनु थाल्नुभयो भने त्यसले असर गर्न सक्छ । यसले बीर्यका गतिशिलतालाई अवरोध पैदा गर्छ ।