Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण जुनसुकै समयमा जुनसुकै उमेरसमूहका मानिसमा देखिन सक्छ ।
सामान्यतया अन्य उमेरसमूहको तुलनामा वृद्धवृद्धा कोभिड–१९ को संक्रमणबाट छिटो प्रभावित हुन्छन् । उमेर ढल्किँदै जाँदा शारीरिक कमजोरी देखा पर्छ । शरीरको प्रतिरोधी क्षमताले भाइरससँग लड्न नसक्ने भएकाले सामान्य भाइरसले पनि स्वास्थ्यलाई प्रभावित गर्छ ।
मुटु, फोक्सोसम्बन्धी रोग, मधुमेह, क्यान्सर र उच्च रक्तचापजस्ता समस्या भएका व्यक्तिमा अन्यको तुलनामा फ्लुको संक्रमण छिटो हुन्छ । यस्ता व्यक्तिमा कडा खालको निमोनिया हुने, रुघाखोकी र ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिनेजस्ता जटिलता देखा पर्छन् । दीर्घरोग भएका व्यक्तिमध्ये कतिपयलाई फ्लुजस्ता समस्या आएका भेन्टिलेटरमा राख्नुपर्ने पनि हुन्छ ।
विभिन्न देशमा कोभिड–१९ को संक्रमण र यसबाट मृत्यु हुने अहिलेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै दीर्घरोगी छन् । त्यसैले दीर्घरोगको उपचार गराइरहेका व्यक्तिले स्वास्थ्यको ख्याल गर्नुपर्छ ।
जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले उनीहरू भाइरस र ब्याक्टेरियाबाट छिटो प्रभावित हुन्छन् । त्यस्तै, गर्भवती महिला पनि संक्रमणको जोखिममा छन् । कोरोनाको संक्रमण बालबालिकामा धेरै नदेखिए पनि उनीहरूमा अन्य फ्लुको संक्रमण र निमोनिया हुने हुँदा अभिभावकले बच्चाको स्याहार गर्दा सजगता अपनाउन जरुरी छ ।