Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

नोबल कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित एक नोपलीको पोर्चुगलमा मृत्यु भएको छ भने संक्रमितको संख्या ३३० पुगेको छ। पोर्तुगीस सञ्चार माध्यमले जनाए अनुसार लिस्बनस्थित सान्ता मरिया अस्पातलमा मृतकको उपचार गर्दा गर्दै ती नेपालीको मृत्यु भएको हो।
मृतक ८० बर्षीय रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वर्ष उल्लेख गरिएपनि व्यक्तिको नाम र अन्य विवरण भने खुलाइएको छैन।
फारोमा रहेको विद्यालयमा कृषिमा काम गर्ने ३ महिला लगायत ७४ जना नेपालीलाई संक्रमणको सम्भावना रहेको आशंकामा क्वारेन्टाइनमा राखिएको बताइएको छ । एक नेपालीले स्वास्थ्य जाँच गराउदा कोरोनाको संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो।
सबै नेपालीहरु एउटै कम्पनीमार्फत कृषिमा काम गर्दै आएको स्थानीय सञ्चारमाध्यममा जनाइएको छ । मार्च १६ तारिख सोमबार अपरान्ह १२ बजेसम्म पोर्तुगलको लिस्बन र भाल दु तेजु क्षेत्रमा १४३ जनालाई संक्रमणको पुष्टि भएको छ । उत्तरी क्षेत्रमा १३८, मध्ये क्षेत्रमा ३१ र अल्गार्भ क्षेत्रमा १३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ५ जना विदेशी रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार ३ जना बिरामी उपचारपछि सामान्य जीवनमा फर्केका छन्।
पोर्चुगलमा संक्रमित भएमध्ये २८४ जनालाई देशभित्रै संक्रमण भएको र ४७ जना अन्य देशबाट संक्रमित भएर आएको हुन् । संक्रमितमध्ये महिला १४८ र पुरुष १८२ रहेका छन्।
विश्वभर १ लाख ७५ हजार ८१७ लाई संक्रमण भएकोमा ७७ हजार ८७१ जना उपचारपछि निको भएर घर फर्केका छन् । कोरोना महामारीले हालसम्म ६ हजार ७१७ को ज्यान लिइसकेको छ। सबैभन्दा बढी चीनमा मृत्यु भएको छ भने इटाली दोस्रो देश बनेको छ।