वीपी प्रतिष्ठानमा पनि कोरोनाको नमुना परिक्षण हुने

Health-Education

धरान । धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजबाट कोरोना भाइरसको परीक्षण सुरु हुने भएको छ ।

सरकारले शुक्रबार देखि प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का अस्पतालमा कोरोना परीक्षण सुरु गर्ने निर्णय गरेसँगै धरानको वीपी प्रतिष्ठानमा पनि नमुना परिक्षण गर्न लागिएको हो।

प्रतिष्ठानमा कोरोना परिक्षणको लागि बिहीबार किट आईपुगेको भए पनि अन्य थप परिक्षण गर्दा प्रयोग हुने सामाग्री आई नपुगेकोले कोरोना परिक्षण गर्न नसकिएको हो।

शुक्रबार सवै सामाग्री आईपुग्ने भएकोले साँझ सम्ममा प्रतिष्ठानमै कोरोनाको नुमना परिक्षण गरिने प्रदेश एक सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाका प्रमुख डा. सुरेश मेहेताले जानकारी दिए।