ट्रम्पको तारिफपछि जिनपिङले भने, कोरोनाबारे हामीले पारदर्शिता देखायौं

International

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको तारिफ गर्दै गरिएको ट्वीटपछि चीनको प्रतिक्रिया पनि आएको छ।

चीनका राष्ट्रपति सी जिनपिङको भनाई उद्धृत गर्दै सरकारी मिडियाले भनेको छ, ‘चीन र अमेरिका कोरोना भाइरसको लडाईंमा एकजुट छन्।

राष्ट्रपतिले चीनले सधैं कोरोना भाइरसको विषयमा पारदर्शिता अपनाएको बताएका छन्।जबकि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले भाइरसको विषयमा निकै ढिला गरी संसारलाई सुचित गरेको आरोप लगाएका थिए।

राष्ट्रपति जिनपिङले भाइरससँग लड्नका लागि उनले अमेरिकालाई मद्दतको प्रस्ताव पनि गरेको बताउँदै अमेरिकाले त्यहाँ बसिरहेका चीनियाँ नागरिकको रेखदेखका लागि आवश्यक कदम उठाउने आशा पनि व्यक्त गरेका छन्।

चीनले कोरोना भाइरसका संक्रमित लगातार बढिरहेको युरोपेली, एशियाली तथा अफ्रिकी देशमा सहायताका लागि समूह पठाइसकेको छ।

ट्रम्पले केही बेर अघि चीनको तारिफ गर्दै ट्वीटरमा लेखे, ‘चीनले भाइरसको विषयमा निकै राम्रो बुझाई विकसित गरेको छ । हामी सँगै मिलेर काम गरिरहेका छौं ।