कोरोना संक्रमणका कारण इराकबाट फ्रान्सका सैनिक फिर्ता

International

एजेन्सी । फ्रान्सले कोरोना संक्रमणका कारण ईराकबाट आफ्ना फिर्ता लैजाने भएको छ।

कोरोना भाइरसको महामारी र अत्यधिक संक्रमणको कारण देखाउँदै फ्रान्सले इराकमा रहेका आफ्ना सैनिकलाई स्वदेश फिर्ता गर्ने निर्णय गरेको हो।

इराकी सैनिक कमान्डले फ्रान्सेली सैनिक फिर्ता हुने बुधबार घोषणा गरेको हो। फ्रान्सका एक वरिष्ठ सैनिक अधिकृतले भनेका छन्।

इराकी सरकारको समन्वयमा गठबन्धन सेनाले इराकमा तैनाथ आफ्ना फौजको कार्यशैलीमा फेरबदल गर्न लागेको छ र इराकी फौजसँगका सबै तालिम कार्यक्रम निलम्बन गर्ने निर्णय गरेको छ।

फ्रान्समा हालसम्म कोरोना भाइरसका कारण २५ हजारभन्दा बढी संक्रमित भएका छन् भने एक हजार तीन सय ३१ जनाको मृत्यु भएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर चार लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने २२ हजारभन्दा बढीको मृत्यु भएको छ।