काठमाडौं । बलिउड कलाकार अक्षय कुमारले कोरोना महामारी संघर्षका लागि २५ करोड भारु सहयोग गरेका छन् । भारती प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केयर्स कोषमा सहयोग गर्न आग्रह गरेका थिए । उक्त आग्रहलाई मूर्तरुप दिँदै कोषमा सहयोग गरेको भन्दै ट्विट गरेका छन् ।
अक्षय कुमारको यो पहलबाट प्रशंसकहरू खुसी भएको ट्विट गरेका छन, उनकी श्रीमती र अभिनेत्री ट्विंकल खन्ना सबैभन्दा गर्व महसुस गर्दै ट्विटरमा लामो पोष्ट लेखेर खुशी व्यक्त गरेकी छिन ।
