सरकारले कोरोना भाइरसका कारण विदेशमा रहेका नेपाली विद्यार्थीको दैनिकी सहज पार्न पैसा पठाउन सकिने व्यवस्था गरेको हो।
सरकारले विदेशमा रहेका नेपाली विद्यार्थीलाई नेपालबाट पैसा पठाउन फुकुवा गरेको छ। यसअघि शिक्षा मन्त्रालयले जारी गर्ने ‘नो अब्जेक्सन लेटर’ नभई पैसा पठाउन नपाइने व्यवस्था थियो।
शिक्षा मन्त्रालयले उक्त लेटर नभए पनि पैसा पठाउन सकिने व्यवस्था गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।
काम नभएकाले उनीहरूलाई कलेजको शुल्क तिर्न नसक्ने अवस्था भएपछि सरकारले नेपालबाट पैसा पठाउन सकिने व्यवस्था गरेको हो।
सरकारले कति रकम पठाउन सकिने भन्ने विषयमा कुनै सीमा तोकेको छैन।