मदिरा सेवन गरी वडाध्यक्षमाथि कुटपिट

News

बैतडी । पुर्चौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबहादुर ऐर माथि कुटपिट भएको छ।

उनमाथि सोही वडाका ३७ बर्षीय धर्मानन्द बडुले मदिरा सेवन गरी आइतबार कुटपिट गरेको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। वडाध्यक्ष ऐरको अवस्था सामान्य रहेको छ।

यसअघि यही चैत १२ गते राती पुर्चौडी नगरपालिका ५ स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामी माथि स्थानीय नरेन्द्र जागरीले कुटपिट गरेका थिए।