कोरोना राहत बुझ्ने घरधनीसँग २५ लाख !

News

झापाको कनकाई नगरपालिका–४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपैयाँ नगद फेला परेको छ । कनकाई–४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईको घर आगलागी हुँदा उनको घरबाट ९ लाख र ५ सय दरका नोट र ६ लाखजति जलेका तर नम्बर भएकाले बैंकमा साट्न मिल्ने दरका नोट फेला परेको हो ।

राईका अनुसार घरमा २४ लाख ५० हजार भन्दा बढी नगद, डेढ तोला सुन र १८ तोला चाँदी रहेको थियो । प्रहरी, रेडक्रसकर्मी, सामुदायिक वनका पदाधिकारी लगायतले सो रकम र १८ तोला चाँदी फेला पारेका थिए ।

हाल सो रकम इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ । प्रहरीले रकमको स्रोत खोज्ने काम गरिरहेको जनाएको छ ।

शनिबार साँझ कनकाई सामुदायिक वनक्षेत्र हाताभित्र रहेको घरमा आगलागी हुँदा राईसहित अन्य दुई घर अमृता श्रेष्ठ र झकडबहादुर दर्जी समेतको घर जलेको थियो । आगो राईको घरबाट सुरु भएको थियो ।

यो समाचार आजको गोरखापत्रमा छापिएको छ ।