हामी सबैको कल्याण पशुपतिनाथले नै गर्लान अब !

News

२६ चैत, काठमाडौं | कोरोनाका कारण सरकारले देशव्यापी लकडाउन गरेसँगै भिभिन्न खालका गतिबिधि गर्दै मानिसहरु समय बिताउन थालेका छन् । कोहि छिमेकीको घरको रेलिङ्ग गनेर सामाजिक संजालमा पोस्ट गर्न थालेका छन् , कसैले Router को प्वाल गन्न थालेका छन् , कोहि गित गाएर सामाजिक संजालमा पोस्ट गरिरहेका छन् ,कोहि टिकटक बनाइ ब्यस्त छन् , यी र यस्तै यस्तै काममा ब्यस्त छन् आजकल नेपाली जनता !! यो संगै लकदाउनमा परेर घर जान नपाएर र खाद्य सामग्री र पैसाको जोहो गर्न नसकेर हिंडेर नै घर जान खोज्नेहरुको जमात पनि लामै छ । सडकमा यस्ता थुप्रै कारुणिक दृश्यहरु पनि देखिन्छ । जे होस् कोरोनाले ‘हुने खाने वर्ग’ र ‘हुँदा खाने वर्ग’ बीच स्पष्ट विभाजन देखाईदिएको छ ।

हुनेखाने वर्गका मानिसहरु घरभित्र बसेर थरिथरि परिकार ‘ट्राइ’ गरिरहेका छन् र, त्यसको फोटो सामाजिक सञ्जालमा हालेर आफ्नो हैसियत देखाइरहेका छन् । हुँदा खाने वर्गचाहिँ दैनिक गुजाराका लागि राहत माग्न अनेक ठाउँ हात फैलाइरहेका छन्, हात फैलाउन नसक्नेहरु हिडेर घरतिर गईरहेका छन् ।
सरकारले स्थानीय तहमार्फत विपन्न परिवारहरुको छनोट गरि राहत वितरण गरिरहेको छ ।

यतिबेला लकडाउनले धेरैको रोजिरोटी खोसिएको छ । दिनदिनै काम गरेर गुजारा गर्नुपर्ने वर्ग नराम्ररी प्रताडित भइरहेको छ । त्यसैले उनीहरुलाई राहतको खाँचो छ । तर, राहत वितरण गर्दा सरल तरिका अपनाउन सकिन्छ । अनावश्यक भिड जम्मा गर्नु आवश्यक छैन तर यस्तैमा अर्को एउटा वर्ग पनि देखा परेको छ, कथित समाजसेवी : विभिन्न संघ–संथा र व्यक्तिहरुले पनि राहत बाँडिरहेका छन् । तर उनीहरुले राहत संगसंगै प्रचार पनि गरिरहेका छन् , विभिन्न भागभंगिमामा राहत वितरण गरिएका थुप्रै तस्वीर सामाजिक सञ्जालमा सेयर भइरहेका छन् । ती तस्वीर हेर्दा नचाहेर पनि हाँस्न कर लाग्छ । थोरै सामग्री दिनलाई दर्जनौं व्यक्तिहरु वरिपरि झुम्मिएका हुन्छन् । अनि के के नै गरेको जस्तो गरि फोटो खिचेर पोस्त्याउन पनि भ्याईरहेका छन् । चर्चाको लोभ गर्दा राम्रो काम गर्दा पनि अनावश्यक रुपमा हाँसोको पात्र बन्न पुगिरहेको छ यो वर्ग तर यिनीहरु यहीं गरेर संसार जिते झैँ गर्छन ।आयातित दियो बाल्ने र थाल ठताउने नाटक मन्चन पनि नेपाली सम्भ्रान्त समाजले गरिसकेको छ ।

भर्खरै अर्का समाजसेवीको पनि चर्चा सामाजिक संजालमा खूबै चल्यो , ति समाजसेवी ब्यापारी एक दिन अगाडिसम्म राहत बाड्दै थिए , एकाएक कालोबजारी गरेकोमा समतिए पनि , त्यससंगै स्वास्थ्य सामग्री भ्रस्ताचारको विषय पनि तात्तातै छ , हाम्रा महामहिम प्रमले देशबासीका नाममा सम्बोधन त गरे तर सम्बोधन किन गरे र बिशेष के थियो सम्बोधनमा भन्ने कुरो उनैले जानुन् । अझै पनि स्वास्थ्य सामग्री ल्याउन सरकार टेन्डर खोल्दै छ , कहिले सामग्री आउने , कहिले पर्याप्त मात्रामा परिक्षन हुने दैवले जानुन् ।

एउटा अर्को वर्ग लक्डाउनमा नेपाल बन्दमा झैँ संसाँझै चोक चोक मा जम्मा हुन्छन , चुरोटको सर्को तान्दै कहिले सरकारलाई गाली गरिरहेका छन् , त कहिले कोरोनामा यो गर्नपर्छ, यो गर्न हुदैन भनि गफ हानिरहेका भेतिंनछन्, मानौं कोरोनाले त उनीहरुलाई छुन सक्दैन ! लक्दाउन भनेको घरमै बस भनेको यो बर्गले बुझ्ने चाहेको छैन ।

उता सामान्य सुरक्षा सामग्रीको अभावमा स्वास्थ्यकर्मीहरु छत्पताउन्दै काम गर्न बाध्य छन् । केहि अस्पतालले बिरामी लिन इन्कार गरिरहेका छन् , तर सरकारको नजरमा काम भईरहेको छ , सामग्री पुगिरहेको छ , हिजो मात्र सरकाले ५०००० ग्रामिण स्वास्थ्यकर्मी खटायो रे नि त !

न त सरकार परिस्थिति अनुसार सिरियस देखिन्छ , न प्रतिपक्ष , न नेता , न त हामी जनता नै , यस्तोमा हामी सबैको कल्याण पशुपतिनाथले नै गर्लान अब !

– छुच्च्चो मुख