जनप्रतिनिधिको तलबमा कटौती ,२ वर्षसम्म सांसद कोष स्थगित गर्दै भारत सरकार

International

भारतको केन्द्रीय सरकारले कोरोना संकटबीच निकै ठूलो निर्णय गरेको छ। भारत सरकारले सबै सांसदको तलबमा एक बर्षसम्म्का लागी  प्रतिशत कटौती गरेको छ ।

यसको साथसाथै सांसदको कोष २ बर्षको लागि स्थगित गर्ने घोषणा गरिएको छ। मन्त्रिपरिषद्को बैठकपछि केन्द्रीय मन्त्री प्रकाश जावडेकरले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका छन् ।

उनले भनेका छन् कि सबै सांसदको कम तलब लिने अनुमोदन भएको छ। राष्ट्रपति, उप राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सबै सांसदले ३० प्रतिशत कम तलब लिने छन्।


भारतको मन्त्रीपरिषदले गरेको मुख्य निर्णयहरु :

– सबै सासंदले प्राप्त गर्ने तलवको ३० प्रतिशत एकबर्षसम्म कटौति गर्ने ।

– सासंद बिकाश कोषमा सिधै जाने १०/१० करोड रकम २ बर्षको लागि स्थगित गरेर ऊक्त रकम रोक्ने ।

– रास्ट्रपति ,उपराष्ट्रपति, राज्यपाल, ऊपराज्यपाल सबैको तलवमा कटौति गर्ने ।

– दिल्लिमा प्रत���दिन एकहजार टेस्ट गर्ने ( १ लाख टेस्ट बुकिंग भैसकेको )

– दिल्ली सरकारले कोरोनाबाट ज्यान गुमाऊनेको परिवारलाइ राहात स्वरुप १ करोड रुपया क्षतिपूर्ति दिने