काठमाडौं । कोरोना भाइरसलाई लिएर हरेक हप्तामा कुनै न कुनै नयाँ थ्योरी आईरहेको छ । कोरोना भाइरस चमेरोमा पाइन्छ भन्ने कुरा यो अगाडि वैज्ञानिकहरुले गरेका बिभिन्न शोध मार्फत पत्ता लागि सकेको छ । तर अहिलेसम्म कोरोना भाइरस कुन जीवबाट मानिसमा सर्याे भन्ने बारेमा भने पत्ता लाग्न सकेको थिएन ।
हालै भएको एक नयाँ स्टडीमा भने कोरोना भाइरसको संक्रमण चमेरोबाट कुकुरमा सरेको र फेरी कुकुरबाट मानिसमा सरेको पत्ता लागेको छ ।
कोरोना भाइरस (कोभिड-१९), सार्स कोभिड-२ भन्दा पहिला पनि दुई अन्य कोरोना भाइरसहरु थिए । जसले संसारमा आफ्नो प्रकोप फैलाएर मानिसहरुलाई आफ्नो शिकार बनाएका थिए ।
ति हुन् ‘सार्स’ कोभिड र ‘मर्स’ कोभिड । यी भाइरस चमेराबाट निस्किएर अन्य जनावर हुँदै मानिसमा फैलिएको थियो ।
‘सार्स’ कोभिड भाइरस चमेरोबाट सीभेट्स (वन बिरालो) मा सरेको थियो । सीभेट्सबाट नै ‘सार्स’ मानिसमा सरेको थियो ।
त्यस्तै ‘मर्स’ कोभिड भने चमेरो पछि उँट र उँटबाट मानिसमा सरेको थियो । अब यो नयाँ स्टडीमा कोरोना भाइरस (कोभिड-१९) चमेरोबाट कुकुर र कुकुरबाट मानिसमा सरेको पत्ता लागेको छ ।
फेब्रुअरीमा भएको एक प्रारम्भिक टडीमा वैज्ञानिकहरुले ‘कोभिड-१९’ चमेरोबाट कमिला खाने एक प्रकारको जीव ‘प्यांगोलिन’ र त्यसबाट मानिसमा सरेको बताइएको थियो । तर पनि उक्त थ्योरीबाट केहि वैज्ञानिकहरुले असहमती जनाएका थिए ।
क्यानडाको ओटावा युनीभर्सिटीका बायोलोजि प्रोफेसर जुहुआ जियाले आफ्नो तर्फबाट फरक कोरोना भाइरसको संक्रमणमा अध्ययन शुरु गरेका थिए । १४ अप्रिलमा उनको एनालाइसिस MOLECULAR BIOLOGY EVOLUTION मा प्रकाशित भएको थियो ।
यस एनालाइसिसमा प्रोफेसर जुहुआ जियाले कोरोना भाइरसको महामारी चमेरोबाट कुकुर र कुकुरबाट मानिसमा सरेको बताएका छन् ।
जियाले आफ्नो विश्लेषणमा मानिसको शरीरमा भएको एक प्रकारको प्रोटिन जिंक फिंगर एन्टीभाइरल प्रोटिन ज्याप जस्तै वस्तु कोरोना भाइरसको जेनेटिक कोड साइट ‘सीपिजी’ देखिने बताएका छन् ।
‘सीपिजी’ले मानिसको शरीरमा हमला गर्ने र मानिसको शरीरमा भएकामध्ये कमजोर कोशिकाहरुलाई खोजेर आक्रमण गर्न थाल्ने उनले बताए ।
जियाले भने, ‘मैले जेनेटिक कोड साइट ‘सीपिजी’, ‘ज्याप’ लगायत जेनेटिक मलीक्युल्समाधि अध्ययन गरेको थिएँ । त्यसकै आधारमा मैले कुकुरमा ‘ज्याप’ कमजोर हुने कुरा पत्ता लगाएँ ,’ज्याप’ कोरोना भाइरसको ‘सीपिजी’ साइटसँग लड्न सक्दैन । त्यसैले पहिला चमेरोबाट कुकुरको आन्द्रा हुँदै मानिसमा कोरोनाको संक्रमण फैलिएको हो ।’
New study suggests COVID-19 hopped from dogs to humans. Here's why you should be skeptical. https://t.co/f02y5PYzdV pic.twitter.com/BiN92uqGdD
— Live Science (@LiveScience) April 14, 2020
चीनमा कुकुर सहित बिभिन्न जनावरहरुको मासु खाने गरिन्छ । त्यसकारण चीनबाट नै कुकुरको मासु खाँदा यो महामारी फैलिएको जियाले बताएका छन् । तर जियाको यो थ्योरीसँग पनि कतिपय वैज्ञानिकहरु असहमत भएका छन् । स्यान फ्रान्सिस्को स्टेट युनिभर्सिटीका प्रोफेसर लिउनी पेनिन्ग्स भन्छन्, ‘यो थ्योरी र जेनेटिक डाटा एकअर्कालाई सपोर्ट गर्दैनन् । त्यसैले यो कुरा म मान्न सक्दिन ।’