कोरोना संक्रमित ६५ बर्षिय महिलाको तेस्रोपटक स्वाब नेगेटिभ

Health-Education

काठमाडौं, वैशाख ०४ः बाग्लुङ जिल्लाको दोस्रो तथा देशकै छैटौं कोरोना संक्रमित ६५ बर्षीया महिलाको पछिल्लो पटकको परीक्षणमा कोरोना संक्रमण नरहेको पाइएको छ ।

तेस्रो पटक स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ पाइएको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख डाक्टर शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।

अब पुनः उनको स्वाब भोलि परीक्षण गरिने र भोलिको परीक्षणमा पनि कोरोना नभएको पाइएमा अस्पतालबाट डिस्चार्ज गरी घर पठाइने पनि डाक्टर पोख्रेलले बताउनुभयो ।

बागलुङकी पहिलो संक्रमित १९ बर्षीया युवतिको भने चौथो पटकको परीक्षणमा पनि कोरोना भाइरसको संक्रमण रहिरहेको नतिजा आएको छ ।

उनको पनि भोलि पुनः स्वाब परीक्षण गरिने भएको छ । अहिले संक्रमित दुबै जना बिरामीको धौलागिरि अन्चल अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।