बैशाख ३०, २०७७ काठमाडौं : नेपालमा एकै पटक ५७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। थपिएका सबैजना संक्रमित पुरुष छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तु जिल्लामा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना थपिएका हुन्। स्वास्थमन्त्रालयका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीकाे निगरानीमा छन्।

