नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जेठ ६ गतेदेखि २० गतेसम्म शेयर कारोबार स्थगन गर्ने निर्णय गरेको छ। नेपाल स्टक एक्सचेञ्जको सोमबार बसेको सञ्चालक समितिको बैठकले लकडाउन अवधिभर शेयर बजार बन्द गर्ने निर्णय गरेको हो।
आइतबारको मन्त्रीपरिषद् बैठकले १५ दिन लकडाउन थपेर जेठ २० गतेसम्म पुर्याउने निर्णय गरेको थियो।
