बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजे देखि निषेधित क्षेत्र लागू गरी नेपाली सेना सहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । त्यस क्षेत्रमा कोरोना संक्रमणको स्थिति भयावह अवस्था आएपछि उक्त निर्णय भएको सुरक्षा समितिले जनाको छ । त्यस क्षेत्रमा मात्रै हाल सम्म ११४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने एक जनाको मृत्यु भैसकेको छ । लकडाउन प्रभावकारी बनाउनका लागि अर्को सूचना जारी नभएसम्मका लागि पूरै गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको सुरक्षा समितिलले जनाएको छ । कोरोना पोजिटिभ देखिएकालाई क्वारेन्टाइनबाट आइसोलेसनमा लैजान खोज्दा अवरोध सिर्जना हुने गरेका थिए ।