२०७७ जेष्ठ ११ : सरसफाइका लागि एक हप्तासम्म बन्द रहेको पशुपतिको क्रियापुत्री घर आजैदेखि सञ्चालमा आएको कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो । १३ दिनसम्म क्रियापुत्री बसिसकेपछि सफाइका लागि क्रियापुत्री घर केही समय बन्द गरेर सरसफाइ गरी पुनः सञ्चालन गर्ने गरिएको छ । क्रियापुत्री घरमा आवतजावत गर्नेमा कोरोनाको सङ्क्रमण नफैलियोस् भनी सजगता अपनाइएको कोषले जनाएको छ ।
पशुपति क्षेत्रमा काज क्रिया गर्न चाहनेका लागि ४० कोठाको व्यवस्था गरिएको छ । पशुपतिमा सबै सुविधा हुने भएकाले मानिसको रोजाइमा यहीँको क्रियापुत्री घर पर्ने गरेको छ ।