थप ७ जनामा कोरोना संक्रमण पुष्टी, एकको मृत्यु

Health-Education

काठमाडौं, १२ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यससंगै कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार मृत्यु हुनेमा बाराकाे करैया गाउँपालिका वडा नं.७ बस्ने एक जना ७२ वर्षिय बृद्धको जेठ ४ गते बिरगंजकाे नेशनल मेडिकल कलेजमा उपचारका क्रममा कोरोनाका कारण निधन भएको पुष्टी गरेका छन् ।

देशभर हालसम्म कोरोना ११२ जना निको भएका घर फर्केका छन् भने चार जनाको कोरोनाका कारण मृत्यु भएको छ ।