काठमाडौं। काठमाडौंका दुई जना पुरुष कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको पाँचौ दिनमा नै कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौंको टोखा र बुढानीलकण्ठका दुईजना पुरुष कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका हुन्।
उनीहरु दुवैजनामा १२ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो। पाँचै दिनमा कोरोनाबाट मुक्त भएर घर फर्किनेमा बूढानीलकण्ठ-३ निवासी ३८ वर्षीय पुरुष र टोखा नगरपालिका-६ का ४१ वर्षीय पुरुष रहेका छन्।