भारतका चर्चित संगीतकर्मी वाजिदको कोरोना भाइरसका कारण मृत्यु

Entertainment

 २०७७ जेष्ठ १९  : काठमाडौँ  –  बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको गएराती निधन भएको छ । भारतीय अनलाइन आजतकका अनुसार कोरोनाभाइरसका कारण ४२ वर्षको उमेरमा गएराती निधन भएको हो ।

उनको मृगौलामा समस्या थियो र केही समय अघि मृगौला प्रत्यारोपण गरिएको थियो । तर उनलाई केही समय देखि मृगौला संक्रमण देखिएको थियो । स्थिती बिग्रिएपछि उनी पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए ।