थप २८८ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २ हजार नाघ्यो

Health-Education

२०७७ जेष्ठ २०  : काठमाडौँ – नेपालमा मंगलबार  थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९  पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप २८८ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो । प्रदेश १ मा १६८, पदेश २ मा ८१६, बागमतीमा ५४, गण्डकीमा ३७, प्रदेश ५ मा ६९९, कर्णाली प्रदेशमा २६२, सुदूरपश्चिममा ७३ जनामा संक्रमण पुष्टि भएको हो। डाक्टर देवकोटाका अनुसार अहिले देशभरका आइसोलेसनमा १८ सय  २५  जना संक्रमित रहेका छन् । आजसम्म २  सय ६६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ जना रहेको छ  ।