२०७७ जेष्ठ २५ : काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता परिवर्तन गरिएको छ । यसअघि प्रवक्ता रहेका डा. विकास देवकोटाका ठाउँमा डा. जागेश्वर गौतमलाई ल्याइएको हो ।
स्वास्थ्य मन्त्रालयमा हालै सरुवा भई आएका गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले जानकारी दिएका छन् ।
यसअघि उनी परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख थिए । गत बिहीबार मात्रै उनी मन्त्रालयमा सरुवा भएका हुन् ।
समन्वय महाशाखाका प्रमुख एवं प्रवक्तामा डा.गौतम नियुक्त भएसँगै यसअघि सो पदमा रहेका डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ ।