आज १०२ जना डिस्चार्ज

Health-Education

२०७७ जेष्ठ २५  : काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा आइतबार १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १ सय पुरुष र २ जना महिलाहरु अस्पतालबाट डिस्चार्ज भएका हुन् । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार योसँगै नेपालमा डिस्चार्ज हुनेहरुको संख्या ४६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २१३ संक्रमित थपिएका छन् । संक्रमितमध्ये २०९ पुरष र ४ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिनु भयो ।