काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाल, निर्वाचन आयोगमा दर्ता भएको छ।
आज साँझ दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेर दल दर्ता गरेका हुन्। जसपाको दर्ता नम्बर एक हजार ३९२ रहेको छ।
दुई अध्यक्षात्मक प्रणाली अपनाइएको जसपामा पहिलो वरीयताको अध्यक्ष महन्थ ठाकुर छन्। दोस्रो वरीयताको अध्यक्षमा उपेन्द्र यादवलाई राखिएको छ।
यस अघि तीन जना अध्यक्ष हुने बताइए पनि अन्तिम समयमा डा बाबुुराम भट्टराई पदबाट आउट भएका छन् ।
यसैगरी वरिष्ठ नेतामा क्रमशः अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो छन्। अहिलेलाई २२ सदस्यीय केन्द्रीय कार्यसमिति बनाइएको छ।