नवलपरासीमा गोली चल्यो, सशस्त्र प्रहरीका ६ जना घाइते

News

नवलपरासीमा गोली चलेको छ । भारत हुँदै अवैधरूपमा रासायनिक मल ल्याउन खोज्ने सवारी चेकजाँच गर्ने क्रममा चेक पोष्टमा रहेका सशस्त्र प्रहरीमाथि आक्रमण भएपछि सशस्त्र प्रहरी बलले गोली चलाएको हो ।

नवलपरासीको प्रतापपुर गाउँपालिका-५ बसहिया चेक पोस्टमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षकको टोली माथि २ सय बढी जनालो समूहले आक्रमण  गर्न थालेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

उक्त चेक पोष्टमा रहेका ६ जना सशस्त्र प्रहरी घाइतेसमेत भएका छन् । भिड नियन्त्रण गर्न सशस्त्र प्रहरीले ४ राउण्ड गोली चलाएको हो ।

घटना स्थलमा सशस्त्र प्रहरीको डिएसपीको टोली खटाएको छ ।