काठमाडौँ – भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो ।
उनको शव भरतपुर अस्पतालको आईसीयूमा रहेको छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी रहेको अस्पतालले जनाएको छ।