क्वारेन्टिन बस्नु पर्ने भएपछि सिमानामै विवाह

Interesting

काठमाडौँ  – भारतमा एउटा अचम्मको विवाह सम्पन्न भएको छ । कोरोनाको प्रकोपपछि हाल भारतमा लकडाउन लागू गरिएको छ ।

एक राज्यबाट अर्को राज्यमा जान प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धबीच अर्को राज्यमा पुगे जो कोहीले १४ दिन क्वारेन्टिन बस्नुपर्ने नियम छ ।

यसबीचमा एउटा विवाह केरला र तामिल नाडुको सिमानामा सम्पन्न भएको छ । बेहुला र बेहुलीका परिवारले एक राज्यबाट अर्को राज्यमा जाँदा १४ दिन क्वारेन्टिन बस्नुपर्ने भएपछि उक्त विवाह सिमानामा गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

बेहुला रोबिनसन र बेहुली प्रियंकाले सिमानामा विवाह गरिरहँदा बेहुला बेहुलीका परिवार पनि त्यहीँ थिए ।

सबैले स्यानिटाइजर समय समयमा लगाइरहेका थिए । विवाहमा मास्क पनि अनिवार्य गरिएको थियो। कोरोनाको खतरा भएकाले उक्त विवाहमा धेरै मानिस बोलाइएको थिएन , पुरोहित बिना नै विवाह गरिएको थियो ।

सकडले सिमाना छुट्याउने भएकाले उक्त सडकमा म्याट राखिएको थियो जहाँ बेहुला र बेहुली राखिएको थियो । एजेन्सी