काठमाडौं । सरकारले कुवेतमा समस्यामा परेका ३०० नेपालीलाई नेपाल ल्याउने भएकाे छ।
आममाफी पाएर कुवेत सरकारको सेल्टरमा बसेका ३ सय नेपाली लाई बुधवार नेपाल फर्काउन लागिएको छ ।
कुवेतबाट जजिरा एअरवेजले नेपालीहरुलाई लिएर आउने छ। तर समय भने टुङ्गो लाग्न बाँकी रहेको दूतावासले जनाएको छ ।