Nepal Airlines

विदेशमा अलपत्र नेपालीको उद्दार गर्न सरकारले नेपाल वायुसेवा र हिमालय एयरलायन्सका ८ जहाजलाई पठाउने

News

काठमाडौँ  –  विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका ८ वटा जहाजलाई पठाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार, बुधबार अन्तिम निर्णय हुँदैछ । नेपाल वायुसेवा निगमसँग २ सय ७४ सिट क्षमताका दुई वटा वाइडबडी र १ सय ५८ सिट क्षमताका दुई वटा न्यारोबडी विमान छन् ।

हिमालय एयरलायन्ससँग १ सय २८ सिट क्षमताको एउटा एयरबस–३१९ र १ सय ५८ सिट क्षमताका तीन वटा एयरबस–३२० गरी चार वटा न्यारोबडी जहाज छन् । त्यसैगरी नेपाली विमानबाट ल्याउने यात्रुहरुले कति भाडा तिर्ने विषयमा बुधबार नै पर्यटन मन्त्रालयल, नागरिक उड्डयन प्राधिकरण, निगम र हिमालय एयरलायन्सका पदाधिकारीबीच छलफलबाट निर्णय हुने मन्त्री भट्टराइले बताए ।