संविधान संशोधन खारेजकाे प्रस्ताव फिर्ता लिन सरिता गिरीलाई पार्टीको निर्देशन,

Politics

संविधान संशोधन प्रस्तावलाइ खारेज गर्न व्यक्तिगत रुपमा दर्ता गरेको संशाेधन प्रस्ताव फिर्ता लिन समाजवादी पार्टीले सांसद सरिता गिरीलाई निर्देशन दिएको छ।

बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन्। पार्टीले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ।

बुधबार संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्काे संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन्। उनको सो प्रस्तावको तीव्र विरोध भइरहेको बेलामा पार्टीले भने यस्तो चेतावनी दिएको हो। मंगलबार मात्रै संविधान संशोधन सम्बन्धी विषयमा सबै दलले सैद्धान्तिक सहमति जनाएका थिए। तर गिरीले भने एकल रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।