राष्ट्रघाती अभिव्यत्ति दिने सांसद गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गर : नेपाल तरुण दल

Politics

काठमाडौँ, २८ जेठ । लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन् भनेर दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै नेपाल तरुण दलले सांसद सरिता गिरीलाई पदमुक्त गरी कारबाही गर्न माग गरेको छ।

बुधवार तरुण दलले एक विज्ञप्ति जारी गर्दै राष्ट्रघाती अभिव्यत्ति दिने सांसद गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गर्न सरकारसँग माग गरेको हो।

एक टेलिभिजन अन्तर्वार्तामा सांसद गिरीले नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन् भनेर अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै पदमुक्त गरी कारबाही गर्न माग गरेको हो।

लिम्पियाधुरा नेपालको नभएको भनी सार्वजनिक रुपमा गिरीले दिएको अभिभाय्क्ति मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्धको अभिव्यक्ति भएको तरुण दल ठहर गरेको छ।

तरुण दलले सांसद गिरीलाई उक्त अभिव्यक्ति सच्याउन पनि माग गरेको छ। तरुण दलले राष्ट्रघाती अभिव्यक्ति दिने सांसद गिरीलाई कारबाहीको प्रक्रिया सुरु गर्नुको साटो सरकार मौन बसेको विषयमा पनि आपत्ति जनाएको छ।