आज (बिहीवार) सरकारको विरोधमा बालुवाटारमा ठुलो संख्यामा मानिसहरु सडकमा निस्किएर नारा लगाएका थिए । सडकमा नारा लगाउन निस्किनेलाई प्रहरीले पानीको फोहराले भिड तितरबितर बनाएको थियो भने कतिपयलाई पक्राउ समेत गरेको थियो ।
केही दिनदेखि सामाजिक सञ्जालबाट विभिन्न बहानामा निशिचत ठाँउमा बोलाउने, जुलस तथा शान्तिपूर्ण धर्नाका नाममा धेरै मानिस सहभागी हुने गरेको पाइएकोप्रति ध्यानाकर्षण भएकोले गृहले त्यस्तो कदम चालेको जनाएको छ ।
लकडाउनका बेला सरकारले जारी गरेको लकडाउनको लवज्ञा गर्दै नारा जुलुसमा निस्कनेलाई १०० देखि ६०० रुपैयाँसम्म र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने समेत चेतावनी दिएको छ ।
