उदयरपुरमा पनि उत्रिए युवाहरु प्रदर्शनमा

News

काठमाडौँ – उदयपुर सदरमुकाम गाईघाटमा स्थानीय युवाहरुले सरकारको काम कारवाहीको खबरदारी गर्दै मौनरुपमा धर्ना दिएका छन् ।

शुक्रबार बिहान गाईघाट स्थित पिपल चोकमा भेला भएका युवाहरुले सरकारले कोरोना नियन्त्रणको लागि गरेको १० अर्ब रकमको पारदर्शी नभएको भन्दै खबरदारी स्वरुप शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

सरकारले १० अर्ब कोभिड १९ मा खर्च गरे पनि नागरिक स्तरमा पीसीआर परीक्षण हुन नसकेको भन्दै युवाहरुले सरकार प्रति आक्रोश पोखेका थिए । सरकारले नागरिको आवश्यक्तालाई जिम्मेबार ढंगबाट नलिएकाले सरकारको क्रियाकलाप प्रति खबरदारी गर्न युवाहरु बाध्य भएर सडकमा उत्रनु परेको स्थानीय युवा मनिष बास्तोलाले बताए ।

देश र जनताको आवश्यक्ता एकातिर तर सरकारको ध्यान अर्को तिर भएको र नागरिकहरु पीसीआर परीक्षण नगरिकनै मर्ने अबस्थामा पुगेको स्थानीय युवा राम कटुवालको भनाइ छ । विहान ७ बजे देखि सुरु भएको युवाहरुको धर्ना एक घण्टा सम्म रहेको थियो ।

धर्नामा त्रियुगा नगरपालिका क्षेत्रको बोक्से, मोतिगडा, गाईघाट, बगाह, देउरी, जलजले लगायतका स्थानका युवाहरुकोा उल्लेखनीय उपस्तिथि रहेको थियो ।