डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या दस लाख नाघेको छ ।
नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो । सुरुवात देखि नै खल्ती नविनतम प्रविधि तथा सेवा मार्फत मानिसको जीवन सहज बनाउन केन्द्रीत रहेको छ । बजारमा आएको केहि वर्षमै खल्तीले १० लाख प्रयोगकर्ता बनाउन सफल भएको हो।

खल्तीले बैंकिङ पहुँच बाहिर रहेको जनसंख्यालाई डिजिटल प्लाटफर्ममा ल्याउन र वित्तीय सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । सन् २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती लोकप्रिय पेमेन्ट गेटवे हो ।
खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ ।डिजिटल भुक्तानीका साथै खल्तीमार्फत आन्तरिक मनि ट्रान्सफर र अन्य विभिन्न किसिमका मोबाईल वित्तीय सेवाहरू पनि उपलब्ध छन् ।
राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्र्याैट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति २०७६ वैशाख महिनामाप्राप्त गरेको हो ।
‘खल्ती’को मोबाईल एप खल्ती डटकम, खल्ती एप गूगल प्लेस्टोर (Android) र एप स्टोर (ios) बाट डाउनलोड गर्न र विभिन्न प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सकिन्छ ।