भोलिदेखि कार्यालय समयमै बैंकहरू खोल्न राष्ट्र बैंकको निर्देशन

Economy

काठमाडौँ – नेपाल राष्ट्र बैंकले १ असारदेखि कार्यालय समयमै बैंक खोल्न निर्देशन दिएको छ ।

जससँगै २८ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार विगतको सामान्य अवस्थामा जस्तै बैंकहरू खुल्ने भएका हुन् ।

राष्ट्र बैंकले आज सूचना जारी गर्दै साविकको कार्यालय समयअनुसार नै बैंकहरू खोल्न भनेको छ । तर, सेवाग्राहीको भीडभाड हुने ब्रान्चहरूमा आवश्यक्ताअनुसार बिहान ८ देखि बेलुका ६ बजेसम्म कार्यालय सञ्चालन गर्न मिल्नेछ ।

यस्तै सेवाग्राहीको भीडभाड नहुने तथा दूरी कायम हुने व्यवस्था मिलाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

त्यसैगरी, बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहेन जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षामा ध्यान दिनु पर्ने तथा विद्युतीय कारोरबामा जोड दिनसमेत भनिएको छ ।