कुवेतबाट फर्केकी एक महिलालाई कोरोना पुष्टि : अवस्था गम्भीर भएपछि आईसीयूमा

Health-Education

काठमाडौँ –  दुई दिनअघि कुवेतबाट नेपाल फर्किएका महिलामध्ये एक जनालाई कोरोना पुष्टि भएको छ ।

संक्रमण आशंकामा यसअघि नै अस्पताल भर्ना भएकी उनको स्वाब परीक्षण गर्दा शनिबार कोरोना पुष्टि भएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिनुभयो ।

‘अहिले उनलाई आईसीयूमा राखिएको छ,’ आइतबार राति डा. राजभण्डारीले बताउनु भयो ।  उहाँका अनुसार अहिले टेकु अस्पतालमा ती महिलासहित कोरोनाका ७ बिरामी छन् ।

‘अवस्था अलि गम्भीर भएका ती महिला र अर्का एक पुरुष आईसीयूमा छन्,’ डा। राजभण्डारीले भने, ‘अन्यलाई आइसोलेसनमा राखिएको छ ।’  यसअघिका संक्रमितमा कोरोनाका लक्षण देखिएका थिएनन् भने अहिलेका सबै बिरामीमा लक्षण देखिएका छन् ।