काठमाडौँ – सरकारले भोलि (असार १) गते देखि सवारी साधनको बीमामा शुल्क लाग्ने भएको छ ।
यसअघि सरकारले लकडाउनको अवधीमा बीमा छुट दिने घोषणा गरेको थियो । बीमा समितिले परिपत्र नै जारी गरि थन्किएका सवारी साधानको बीमा बापतको रकम २ तिहाई छुट गर्न भनेको थियो ।
समितिले असार १ गते देखि लकडाउन खुकुलो हुने भन्दै त्यसको सूचना जारी गर्न बीमा कम्पनीलाई आइतबार सर्कुलर जारी गरेको छ ।
समितिको परिपत्र अनुसार थन्किएर बसेका सवारी साधानको बीमा छुट असार १ गते सम्म मात्रै हुने स्पष्ट भएको छ। असार १ पछि बीमा शुल्कमा छुट पाइनेछैन ।