काठमाडौँ – आगामी असार ७ गते सूर्यग्रहण लाग्ने भएको छ । नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देखिने छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २४ मिनेटसम्म रहनेछ । नेपालका लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविदहरुले बताएका छन् ।
काठमाडौंबाट भने ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ । सूर्यग्रहणको समयमा वातावरणीय तापक्रम घट्नेछ । धर्मशास्त्रका अनुसार मेषराशि, सिंहराशि, कन्याराशि तथा मकर राशी भएका मानिसले मात्र सूर्यग्रहण हेर्न हुन्छ । तर, वैज्ञानीकहरू भने सूर्यग्रहण जो कोहिले सुरक्षित तरिका अपनाएर हेर्न हुने बताउँछन् ।