दोलखा केन्द्रबिन्दु बनाएर पराकम्प

News

काठमाडौँ – दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई पराकम्प गएको छ । आज बिहान ९ः५३ बजे ४।१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताए ।