साधरण तारेखमा छुटे डिएसपी ढुंगेल

News

काठमाडौँ – डकैती मुद्दा लागेका डिएसपी कुमोध ढुंगेल साधरण तारेखमा छुटेका छन् । प्रमाण नभएको भन्दै जिल्ला अदालत काठमाडौँले उनलाई मंगलबार साधरण तारेखमा छाड्ने आदेश दिएको हो ।

रानीबारीको एक घरमा भएको चोरी तथा डकैतीमा संलग्न व्यक्तिहरूसँग  भेट गरेको भन्दै उनीविरुद्ध समेत गत वर्ष मुद्दा दायर गरिएको थियो । तर, घटनामा उनको संलग्नताको अन्य कुनै प्रमाण थिएन । न त कुनै अभियुक्तले पोलेका थिए न त अन्य प्रमाण थियो । भूमिगत रहेका उनी अदालतमा उपस्थित भएका थिए । साधरण तारेखमा छुटेसँगै प्रहरी सेवामा फर्कन बाटो खुलेको छ ।

चरीदेखि मनोज पुनसम्मको इन्कान्टर गरेका तथा रामेछापको चर्चित बलात्कार घटनाका अभियुक्तलाई भारतबाट पक्राउ गरेर ल्याई चर्चा कमाएमा डिएसपी ढुंगेल पनि बेला बेला विवादमा पर्ने अधिकृत भने हुन् । खासगरी खासगरी खराब पृष्ठभुमी भएका व्यक्तिहरुसँगको संगतका कारण उनी विवादमा पर्ने गरेका छन् ।