काठमाडौँ – नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार मृत्यु भएको थियो । उनी निमोनियाले पीडित थिइन् ।
स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो । बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो । यो सँगै कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ । यद्यपी स्वास्थ्य मन्त्रलायले पुष्टि गरेको छैन् ।