प्रधानसेनापति र सशस्त्रका आईजीपी कालापानी क्षेत्रको निरीक्षणमा

News

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका आईजीपि शैलेन्द्र खनाल बुधबार दार्चुला हिडेका छन् । नेपाली भूमि मिचेर भारतले सडक बनाएपछि दुई देशबीच उत्पन्न तनावका बीच कालापानी नजिकै नेपाली सेनाले खडा गरेको अस्थायी क्याम्प र छाङ्गरुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनीहरु नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुल प्रस्थान गरेका हुन् । मौसममा समस्या आए हेलिकोप्टर छाङ्गरुसम्म जान सक्ने अवस्था रहने छैन ।

सेनाले छाङ्गरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ ।