काठमाडौँ – पूर्वी लद्दाखको गालवान भ्यालीमा भएको हिंसात्मक झडपका कारण भारत-चीनबीच तनाव बढिरहेका बेला भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन संवाद गरेका छन् ।
सोमबार राति भएको झडपमा २० भारतीय सेनाको मृत्यु भएको ४५ वर्षपछिकै भारत-चीनबीचको ठूलो हिंसात्मक घटना हो । यस घटनामा चीनतर्फका ४३ सैनिक हताहत भएको भारतीय पक्षले दाबी गरिरहेका छन् भने चीनले आफ्ना पक्षका सेना हताहतको विषयमा केही खुलाएको छैन ।
टेलिफोन संवादका क्रममा चिनियाँ विदेश मन्त्री वाङले भारतीय सैनिक सीमा नाँघेर चीनतर्फ आई भिडन्तका लागि उक्साएको दाबी गर्दै ती सैनिकलाई कारबाही गर्न माग गरेका थिए । विवादलाई न्यायोचितरुपमा सुल्झाउन र जतिसक्दो छिटो तनाव कम गर्न दुवै पक्ष सहमत भएको भारतीय समाार एजेन्सी एएनआईले जनाएको छ ।
यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार भएको तनावमा सही र गलत स्पष्ट देखिने भन्दै भारतीय सैनिकले बोर्डर पोर्टोकल र दुवै मुलुकको कमान्डरस्तरको संवादमा भएको सहमतिकोसमेत उल्लंघन गरेको बताएका थिए ।
उनले दुवै पक्षले सो समस्या संवाद र वार्तामार्फत् नै टुंगाउने बताउँदै चीनले त्यहाँ भिडन्त बढाउन नचाहेको उल्लेख गरेका थिए । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मंगलबार चिनियाँ सेनाले सोमबार राति ुयथास्थितिु परिवर्तन गर्दा उक्त घटना भएको र दुबैतर्फ मानवीय क्षति भएको बताएका थिए । एएनआई