गोदावरी नगरपालिकाको अधिकृत जैशीको कमाउ धन्दा

News

ललितपुर – ललितपुर जिल्लाको महत्त्वपूर्ण स्थानीय तह गोदावरी नगरपालिकाको कार्यसञ्चालन र विकास योजना सञ्चालनमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीको कार्यशैली र सेवाग्राहीप्रतिको व्यवहार दिनप्रतिदिन आलोचित बन्दै गएको छ । गोदावरी नगरपालिकामा २०७५ भदौमा सरुवा भएर आएदेखि नै आर्थिक अनियमिततामा व्यापक रुपमा जोडिँदै आएका छन् । अधिकृत जैशी, नगरपालिकाका कर्मचारी, जनप्रतिनिधिसँग पनि सुमधुर सम्बन्ध नराख्ने प्रशासक हुन् ।

अधिकांश ठेक्का योजना, उपभोक्ता समिति र दैनिक कार्यसञचालनमा समेत आर्थिक चलखेलमा मुछिएका गुनासो आमनागरिकले गर्ने गरेका छन् । नेकपा निकट कर्मचारी संगठनको छत्रछायाँमा शक्तिकेन्द्र धाउँदै स्थानीय निकाय चहार्ने कृष्णप्रसाद जैशी योभन्दा पहिला ठोरी गाउँपालिकाको प्रशासनिक अधिकृत हुँदा भ्रष्टाचारको अभियोगमा त्यहाँका जनताले लखेटेका पात्र हुन् । जैसी गोदावरी नगरपालिका आएदेखि नगर भित्रका प्रत्येक प्लटिङ हाउजिङहरूमा रकम असुल्ने गरेका छन् । उनले गोदावरी नगरपालिका–१० स्थित डाँडागाउँको प्लटिङसँग कमिसन स्वरुप २ कित्ता जग्गा गरी ९ आना लिएर छोरी र श्रीमतीको नाममा गरेका छन् ।

जैसी गोदावरी नगरपालिका आएदेखि नगर भित्रका प्रत्येक प्लटिङ हाउजिङहरूमा रकम असुल्ने गरेका छन् । उनले गोदावरी नगरपालिका–१० स्थित डाँडागाउँको प्लटिङसँग कमिसन स्वरुप २ कित्ता जग्गा गरी ९ आना लिएर छोरी र श्रीमतीको नाममा गरेका छन् । जैसीको भ्रष्टाचारको सीमा नाघेको कारण यतिखेर स्थानीय जनता निकै आक्रोशमा छन् ।

जैसीले जुनसुकै योजनामा पनि उपभोक्ता समिति र ठेकेदारसँग बिल पास हुनुभन्दा पहिले नजराना बुजाउनुपर्ने पीडित एक ठेकेदार बताउँछन् । जैसीको यस्तो कार्यशैली देखेर स्वयं नगरपालिकाका कर्मचारी समेत रुष्ट छन् । जैसीको यस्तो कार्यशैली देखेर स्थानीय जनता जैसीलाई कालोमोसो दल्ने तयारी गरेको स्थानीय श्याम महर्जनले बताए ।