काठमाडौँ – गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत एक कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार ती संक्रमित ५७ वर्षीय व्यक्तिको स्थायी ठेगाना भने कपिलवस्तुको बाणगंगा नगरपालिका १४ हो । यस्तै, गण्डकी प्रदेशका अन्य तीन जिल्लामा आज थप ४१ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वमा १८, तनहुँमा १२ र गोरखामा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाका १५, गैंडाकोटका १, तनहुँको ऋषिङ गाउँपालिकाका ७, शुक्लागण्डकी नगरपालिकाका १, भानु नगरपालिकाका ४, गोरखाको पालुङटार नगरपालिकाका ७ र शहीद लखन नगरपालिकाका ४ जनामा संक्रमण देखिएको हो ।
गोरखाको पालुङटारकी एक महिलाबाहेक अन्य सबै ४१ जना पुरुष हुन् । ४१ जना संक्रमित नै केही समयअघि भारतबाट फर्किएर स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसिरहेका थिए । उनीहरूलाई जिल्लामा रहेका आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।