निर्देशिकाविपरीत आएका नमूना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Health-Education

काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका   विपरीत आएका नमूनाहरूको पीसीआर परीक्षण नगर्न अनुरोध गरेको छ ।

कोभिड-१९ को नमूना संकलन गर्दा तोकिएको निर्देशिका भन्दा फरक तरिकाले संकलन भइरहेको भन्दै स्वास्थ्य मन्त्रालयले त्यस्तो नगर्न सम्बन्धित सरोकारवाला निकायलाई अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निर्देशिकाविपरीत नमूना संकलन गरेर पीसीआर परीक्षणका लागि दबाब दिने गरिएको बताउनु भयो ।

त्यसरी नमूना संकलन गरिँदा स्रोतसाधनको दुरुपयोग हुने, परीक्षणको लागि आवश्यक व्यक्तिहरूको समयमै परीक्षण हुन नपाउने समस्या देखिएको भन्दै त्यस्तो नगर्न सबैलाई सचेत गराएको हो ।  निर्देशिकामा तोकिएबमोजिमका व्यक्तिहरूको नमूना मात्र संकलन गरी परीक्षण गर्न गराउन सम्बन्धित निकायलाई सूचित गराएको हो ।