नेदरल्याण्डमा रहेको महात्मा गान्धीको मूर्तिमा अज्ञात समुहले क्षति पुर्याएका छन् । राजधानी एम्स्टर्डममा स्प्रे पेंटिंगको साथमा रहेको गान्धीको मूर्तिमा क्षति गर्नुका साथै वरिपरि केही आपत्तिजनक तस्बीरहरूको चित्र कोरिएको छ ।
पछिल्लाे समय अमेरिकाको पुलिस हिरासतमा रहेका अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्लोएडको मृत्युपछि मूर्तिहरू भत्काउन वा बदनाम गर्ने अभियान चलिरहेको छ । यस बीचमा विभिन्न देशहरूमा धेरै मूर्तिहरूलाई आक्रमण गरिएको छ। त्यस्तै नेदरल्याण्डमा पनि गान्धीको मूर्तिमा क्षति पुर्याइएकाे छ । कस्ले यस्तो कार्य गर्यो भन्ने खुल्न नसकेको नेदरल्याण्ड प्रहरीले जनाएको स्थानीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
यसअघि अमेरिकाको वाशिंगटन सीटीमा रहेको महात्मा गान्धीको मूर्तिमा पनि क्षति पुर्याइएको थियो । हरेका तोडफेड भएका मूर्तिहरुमा रातो रंग लगाइ जातीय टि’प्पणीहरू लेखीएको पाइएको छ ।